• २०८१ मङ्सिर २२ गते शनिवार

दुल्लुमा, नेपाली सेनाको स्थायीत्व र जग्गा अतिग्रहण गर्न माग

पढ्न लाग्ने समय : ३ मिनेट

साउन २२ दैलेख । दैलेखको दुल्लुमा रहेको नेपाली सेनाको स्तरवृद्धि,स्थायीत्व तथा जग्गा अतिग्रहण गर्न माग गरिएको छ । तत्कालिन तत्कालिन बिद्रोही माओबादीको ज्याजतीका कारण दुल्लुका महिलाहरुले पटक–पटक गरेको आन्दोलन पश्चात वि.सं २०६१ सालमा तत्कालिन सरकारले नेपाली सेनाको सुरक्षा वेस क्याम्पको स्थापना गरेको थियो । त्यसपछि शान्ति हुँदै गयो ।

पटक–पटक त्यहाँबाट नेपाली सेना ठाउँ हस्तान्तरण गरेर बाहिर जान खोज्यो तर जनताले त्यहि बस्नुपर्ने माग गरेपछि ,नेपाल सरकारले नै बस्न निर्देशन दियो र त्यो ठाउँबाट उठ्न सकेन । अस्थायी रुपमा रहेकोले नै उठ्न खोजेको पुर्व सभासद लक्ष्मिप्रसाद पोखरेलले बताए । २०७० सालमा पहिलो पटक आफु साँसद भएपछि पटक–पटक रक्षामन्त्री समक्ष गयर रोक्ने प्रयास भयो,उनले भने । फेरि २०७३ सालमा उठ्न खोज्यो र त्यसपछि रक्षामन्त्रालयमा गई स्थायीत्व गर्ने गरी बस्ने भनेपछि रोकियो ।

अस्थायीत्व गर्ने भनेपनि कार्य अझै अघि बढ्न सकेको थिएन । हाल भने त्यहाँका स्थानीय देखि केन्द्र सम्मका जनप्रतिनिधि ,नेपाली सेनाका प्रमुखहरु गई २०७६ साउन १९ गते आईतबार नेपाल सरकारका रक्षामन्त्री ईश्वर पोखरेल समक्ष ज्ञापन–पत्र बुझाईएको छ ।

ज्ञापन–पत्रमा त्यहाँका ४६ जना स्थानीय (गिरी,कामी,भण्डारी, दमाई जाती)नागरिकको नाममा रहेको ५४ रोपनी जग्गा अतिग्रहण गरी सेनाको क्याम्पलाई स्थायी गर्ने कार्य अघि बढाईदिन माग गरिएको हो । यहाँको कर्णाली राजमार्ग, राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोेकमार्ग , माथिल्लो कर्णाली आयोजना र यहाँ वेला–वेला आईपर्ने विपत व्यवस्थापन तथा बैंङकीङ क्षेत्रको सुरक्षाको लागि नेपाली सेनाको यहाँ निकै आवाश्यक र महत्वपुर्ण भुमिका रहने भएकाले स्थायी गर्न माग गरिएको दुल्लु नगरपालिका नगर–प्रमुख घनश्याम भण्डारीले बताए ।

नेपाल एकिकरणको समयमा दुल्लुका राजा राम शाहले भारतको गगोलमा शाहदत्त प्राप्त गरेको र नेपाली सेनामा ज्वालादल गणको नामले सेनाको बाहिनिरहेको साथै शक्रिशाली खस राज्यको हिउँदे राजधानी समेत रहेको दुल्लु क्षेत्रमा सेना र जनताका बिच ऐतिहासीक सम्बन्ध समेत रहेको छ, भण्डारीले भने । जसका कारण स्थानीय सरकार स्थापना लगत्तै २०७३ पुस २४ गते दुल्लु नगरपालिकाके चौथो नगरसभा र ०७६ को सम्पन्न पाँचौ नगरसभाले समेत निर्णय गरेको छ । त्यो जग्गा बोहेक आवाश्यक पर्ने जग्गा नगरले उपलब्ध गराउने बताईएको छ । साथै जग्गाको हकभोग नेपाली सेनाको नाममा हुन नगरले आवाश्यक निर्वाह गर्ने दुल्लु नगरले जनाएको छ ।

दुल्लु नगरपालिका –८ गडिमा रहेको नेपाली सेनाको क्याम्प रहेको स्थान । तस्वीर ः पंखबहादुर शाही

ज्ञापन पत्र बुझाईसकेपछि रक्षामन्त्री ईश्वर पोखरेलले स्तरोन्नति गर्ने ,जग्गाको मुआब्जा दिने र नेपाली सेनाको नाममा लिएर स्थायी संरचना खडा गर्ने वचन समेत दिएको दैलेख निर्वाचन क्षेत्र नं.२ (नेकपा एमाले)बाट निर्वाचित पुर्वसभासद लक्ष्मिप्रसाद पोखरेलले जानकारी दिए । हाल नेपाली सेना रहेको दुल्लु न.पा–८ गडिको ५४ रोेपनी जग्गाको वरिपरी काँडतारले बारेको र सबैभन्दा उच्च भागमा क्याम्प रहेको छ ।

वि.सं १९२२ भन्दा पहिले त्यो ठाउँ ज्वालादल कम्पनीको थियो । त्योवेला त्योवेला सेनाथिए ,पछि १९२२ पछि तिनिहरु त्यहाँबाट काठमाडौँ गएका दुल्लुका ईतिहाँसकार भुपालविक्रम शाह बताउछन । त्यसपछि त्यहाँका जनताले बाँझो जग्गा भनि जग्गामा उत्पादन गरे र आआफ्नो नाममा गरेको शाह बताउछन । हाल जजसको नाममा जग्गा रहेको छ उनीहरुले नेपाल सरकार मार्फत रोपनिका आधारमा जग्गा भाडा पाउने गरेको छन ।

प्रतिक्रिया दिनुहोस