- भावना हमाल
असार २२, दैलेख । जँगलमा फिरन्ते जीवन बिताउँने लोपन्मुख जाति राउटेले नाङ्गो डाँडामा वृक्षारोपण गरेको छन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत गुराँस गाउँपालिकाले राउटे समुदायलाई वृक्षारोपण र गोरेटो बाटो निर्माणमा लगाएको छ । सोहि अनुसार उनीहरु उक्त कार्य तर्फ होमिएका हुन् । जँगलमा रुखहरु काट्ने र काठका सामाग्रीहरु निर्माण गर्ने राउटे वृक्षारोपण तर्फ लागेको देख्दा सबैलाई अचम्बित तुल्याएको छ । राउटेलाई उक्त काममा लगाउँन गाउँपालिकाले निकै जोडबल गरेको छ ।
साउन एक (१) गतेको कर्कट संक्रान्ति राउटेहरुको दोस्रो ठूलो पर्व नजिकिँदै छ उनीहरुलाई त्यो पर्वमा आवाश्य पर्ने खर्चको जोहो गर्नका लागि पनि राउटेहरु काममा लागिपरेको गाउँपालिका अध्यक्ष खेमराज वलीले बताए । समुदायका युवा युवति गरी ५२ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएका छन । राउटेले एक दिन काम गरेवापत दैनिक पाँच सय १७ रुपैयाँ पाउँछन् ।
गएको १९ गतेदेखि सुरु भएको कार्यक्रम २७ गते समापन हुन्छ ।’ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाले राउटे समुदायका लागि दुई लाख ५० हजार रुपैयाँ छुट्याएको छ । गुराँसमा कार्यक्रम निकै प्रभावकारी बनेको पाईएको छ ।
गुराँस गाउँपालिका–५ स्थित ठाँटीमा बस्दै आएका राउटे समुदायले एकै दिन डेढ किलोमिटर गोरेटो बाटो निर्माण गरेका थिए ।राउटे समुदाायका मुखिया सुर्यनारायण शाहीले ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले आफुहरुलाई केहि हदसम्म सहज हुने बताए ।सोसेकका अध्यक्ष हिरासिंह थापाले राउटे अव उहि परिवेशमा नरहने बताए । सोसेकले राउटे समुदाायको लागि महत्वपुर्ण योगदान गरेको छ ।