असार २२, काठमाडौं । एसइईको पूरक तथा ग्रेड वृद्धिको परीक्षा मिति सरेको छ ।
यसअघि साउन २२ र २३ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
भदौ १ गते अनिवार्य अंग्रेजी र वेद विद्याश्रमका तर्फबाट संस्कृत भाषा र साहित्यको हुनेछ ।
२ गते सोमबार अनिवार्य नेपालीको हुनेछ र सोही दिन गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको हुनेछ ।
भदौ ३ गते अनिवार्य गणित, भदौ ४ गते अनिवार्य विज्ञान, र त्यही दिन वेद विद्याश्रमबाट अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको हुँदैछ ।
यस्तै, भदौ ५ गते अनिवार्य सामाजिक, भदौ ६ गते अनिवार्य स्वास्थ, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा सञ्चालन हुँदैछ । सोही दिन वेदविद्याश्रमका तर्फबाट अनिवार्य कर्मकाण्ड वा अनिवार्य फलित ज्योतिष र प्रविधिकतर्फका परीक्षा हुनेछन् ।
यसैगरी, भदौ ७ गते ऐच्छिक प्रथमका सबै विषय र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा रहेको छ ।
भदौ ९, १०, ११ गते तीनै दिन प्राविधिक विषयका परीक्षा रहेका छन् ।
पुरक तथा ग्रेड वृद्धिको परीक्षाको आवेदन फारम भर्न राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटबाट डाउनलोड गरी साउन १० गतेभित्र शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ । फारमसँगै ग्रेड सी को प्रतिलिपी तथा प्रवेश पत्र बुझाउनुपर्ने छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।