असार २२, काठमाडौं । आज आईतवार दिउँसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन सहितको वर्षाको सम्भावना रहेको छ। देशका बांकी भू-भागहरूमा हल्का वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका एकदुई स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।
यस्तै राती देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका मध्य र पश्चिमी भू-भागका धेरै स्थानहरूमा र पूर्वका केही स्थानहरूमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भागका एक-दुई स्थानहरू, मध्यपश्चिमी तराईका एक-दुई स्थानहरूमा र पूर्वका तराई र तल्लो पहाडी भू-भागमा मध्यम देखि भारी वर्षाको सम्भावना छ।