• २०८२ जेष्ठ २ गते बिहिवार

काठमाडौँको बौद्धमा गोली चल्यो

पढ्न लाग्ने समय : २ मिनेट

जेठ २४, काठमाडौँ । प्रहरीले लुटपाटको घटनामा स‌लंग्न काका’ नामले परिचित छिरिङ तामाङलाई गोली हानेर नियन्त्रणमा दिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्धको अत्तरखेलबाट गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

२०७५ भदौ २६ गते कलंकीमा मनी ट्रान्सफरबाट १ लाख ७० हजार लुटेका तामाङ समुहले २०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतमा गोकणेश्वरस्थित एक मनी ट्रान्सफरबाट ३ लाख रुपैयाँ लुटेको, २०७६ जेठमा ललितपुरको इमाडोलमा १ कम्पनीबाट १ लाख लुटेको लगायतका लुटपाटको घटनामा स‌लंग्न अभियुक्त रहेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेर भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरिएको जनाएको छ । उनको दाहिने खुट्टामा गोली लागेको छ । महाशाखाको विशेष टोलीले दुई राउन्ड गोली हानेर तामाङलाई नियन्त्रणमा लिएको हो । तामाङका अन्य पाँचजना साथीहरु भने यसअघि नै पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेमा इलामको माइजोकमाई गाउँपाकिला–६ का २४ वर्षीय धराने भनिने नितेश तामाङ, रौतहटको चन्द्रनिगाहापुर–२ का २३ वर्षीय मुन्द्रे भनिने अजय वाइवा तामाङ, काभ्रको चौरीदेउराली गाउँपालिका–३ का २३ वर्षीय बाहुन भनिने रुपेश चौलागाँइ र मकवानपुरको शिखरपानी गाउँपालिका–८ का ३० वर्षीय जिग्री भनिने भिमराज थिङरहेका छन। घाइते तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस