• २०८० असोज ११ गते बिहिवार

प्रहरी निरीक्षक केशव बहादुर बस्नेत घुस रकम सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, रूपन्देही । इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीका प्रहरी निरीक्षक केशव बहादुर बस्नेत घुस रकम सहित नियन्त्रणमा परेका छन । ट्याक्टरबाट नियमानुसारको प्रक्रिया पुरा गरी गैडहवा गाउँपालिका अन्तर्गत नदिजन्य पदार्थ ढुवानी गरिरहेका सेवाग्राहीसँग उनले घु्स लिने गरेको खुलेको हो ।

अख्तियारका सहसचिव काली प्रसाद पराजुलीका अनुसार सेवाग्राही सँग पटक पटक घुस माग गरी दु ख हैरानी दिएको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिइ गएको टोलीले निज प्रहरी निरीक्षक केशव बहादुर बस्नेतलाई सेवाग्राहीसँग रू १५,०००।–घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस