जेठ २४, रौतहट । सशस्त्र प्रहरी बल, नेपाल, नं. ११ गण, हजमिनिया, रौतहटमा कार्यरत सशस्त्र प्रहरी जवान अरूण झा घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।
सशस्त्र प्रहरी बल, नेपाल, नं. ११ गण, हजमिनिया, रौतहटमा कार्यरत रही सो कार्यालयबाट सादापोशाकमा परिचालित सशस्त्र प्रहरी जवान अरूण झाले नेपाल भारत सिमाबाट कस्मेटिक सामानहरू ल्याउन सहज गराईदिने भनि सेवाग्राहीसँग घुस लिएका हुन । विशेष सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास, महोत्तरीबाट खटिइ गएको टोलीले उनलाई सेवाग्राहीसँग रू ३०,०००। घुस बापतको रकम लिइसकेको पक्राउ गरेको हो ।
अख्तियारका सह सचिव काली प्रसाद पराजुली अनुसार उनलाई रौतहट जिल्ला गौर नगरपालिका वडा नं. ४ हनुमान चोक स्थित खुश्बु मोटरसाईकल वर्कसपबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ ।