जेठ २४, काठमाडौं । आज दिउँसो देशका पूर्वी भू भागमा सामान्य वदली रहने र मध्य र पश्चिमी भू भागका आंशिक देखि सामान्य वदली रही पश्चिमी भु(भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु भागका केही स्थानहरुमा हावाहुरि मेघ गर्जन सहित वर्षाको सम्भावना छ। देशका उच्च हिमालि भेगका केहि स्थनहरुमा हल्का हिमपातको संभावना छ ।
यस्तै आज राति देशका पूर्वी र मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भु भागका केहि स्थानहरुमा र पश्चिमी भु भागका थोेरै स्थानमा मेघ गर्जन हावाहुरि सहित वर्षाको सम्भावना छ।