• २०८० मङ्सिर १३ गते बुधवार

नागरिकता बनाउन सहज बनाईदिन्छु भनि घुस खाने पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, महोत्तरी । ईलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत कम्प्यूटर अपरेटर अशोक कुमार सिंहले सेवाग्रहीसँग नागरिकत्ताको प्रमाण पत्र बनाउन सहज गराईदिन्छु भनि घुस लिएका छन ।

नागरिकत्ताको प्रमाण पत्र बनाउन सहज गराई दिए वापत घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनभयो ।

कम्प्युटर अपेटर अशोक कुमार सिंहलाई सेवाग्राहीसँग रू.४,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा ईलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरी कार्यालयबाट नियन्त्रणमा लिईएको हो ।

प्रतिक्रिया दिनुहोस