वैशाख २४ काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने प्रधाननाध्यापक पक्राउ परेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अतिरन्जित गरेका मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई सिन्धुपाल्चोकबाट पक्राउ परेका हुन् ।उनलाई पक्राउ गरी अपराध महाशाखा टेकुमा ल्याइएको छ ।