बैशाख २४, काठमाडौं । सडकमा गुडिरहेको मोटरको अघि कुन बेला बेवारिसे छोडिएको पशु चौपाया आउछ र दुर्घटना हुन्छ भन्ने टुङ्गो नहुदा नयाबजार क्षेत्र अस्तव्यस्त बनेको छ ।
मोटरको चापमा यसै त जामको मर्कामा परेका आम जनताहरु यसरी गाईका बाच्छाहरु सडकमा अलपत्र छोडिदा झनै मर्कामा पर्ने गरेका छन । पशु चौपाया सडकमा छोडि सडक दुर्घटनाको घटना दिन दिनै बढ्दो अवस्थामा रहिरहदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।