बैशाख २४, काठमाडौं । श्रीमतीको हत्या गरि २४ घण्टा सम्म घटना लुकाउने श्रीमान पक्राउ परेका छन । बैशाख २१ गते बेलुका ५ः३० वजे भोजपुर माइती भई हाल काठमाडौ बागवजार डेरा गरि बस्ने वर्ष २३ कि निमाला नेपालको हत्या भएको हो ।
काभ्रे भल्लु गाँउपालिका घर भई हाल काठमाडौ बागवजार डेरा गरि बस्ने वर्ष २७ का राजकुमार पहरीले श्रीमती संग घरायसी झगडा हुदा श्रीमतीको कपाल समाती भित्तामा धकेल्दा मुख र टाउकोमा चोट लागि उनको मृत्यु भएको हो । आफु सुत्ने पलङमा घोप्टो परि श्रीमती ढलेपछि श्रीमतीलाई त्यही हालतमा छाडी भोलीपल्ट मात्र आफन्तलाई खबर गरेका थिए ।
आफन्तले प्रहरीलाई खवर गरेपछि अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा आफैंले घटना घटाएको स्विकार गरेका हुन ।