चैत २४,काठमाडौ । राजधानीमा भैरहेको यू‐१६ राष्ट्रिय क्रिकेट लिगमा प्रदेश ३ फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा आइतबार भएको सेमिफाइनलमा प्रदेश २ लाई १५ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
पहिले ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित २९ ओभरमा सबै विकेट गुमाई १५४ रन बनाएको थियो । १५५ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङमा आएको प्रदेश २ले १३९ रन बनाउँदा सबै विकेट गुमायो ।