चैत २४, दैलेख । शुक्रबार साँझ पश्चिम दैलेखका अधिकाँश भुभागमा अहिले सम्मकै धेरै हावाहुरी सँगै झरेको असिनापानिले गर्दा ठुलो क्षति भएको छ ।
पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका , ठाटीकाँध गाउँपालिका, लगायत अधिकाश भुभागमा अहिले सम्मै धेरै असिना झरेको हो । ठाटीकाँध गाउँपािलकाका वडा नंं.१,२,६ र चामुण्डाबिन्द्रासैनीका ९ वटै वडामा करिब ४ फिट परेको असिनाले किसानले लगाएको हिउँदे बाली गहुँ, जौ, मसुरो, तोरी, तरकारी बाली र फलफूलका विरुवामा असिना पानीका कारण ठुलो क्षति पुगेको किसानले बताएका छन् ।\

ठाटीकाँध —२ टम्टालामा लगाएको तरकारि र गहुँ नष्ट ।
यस्तै ठाटीकाँधक गाउाँपालिका वडा —३,४,५मा आशिँक रुपमा केहि क्षति र केहि घरहरुमा क्षति भएकोले करोडौँ आर्थिक भार घाटा वेहोर्नुपरेको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए । उनले ,कृषकको राहतको लागि गाउँपालिकाले मात्र नसक्ने बताए ।
उत्पादनले पाँच महिना खान पुग्ला भनि ढुक्क भएकि चामुण्डाविन्द्रासैनी नगरपालिका–५ की गौरा विकको बारिमा लगाएको अन्नबाली सखाप हुँदा चिन्तित बनेकी छन् । उनले भनिन्, ‘नौलो खान नदिने गरि हिउँदे खेतीको नष्ट ग¥यो ।’

चामुण्डाबिन्द्रासैनी नगरपालिका—६मा कृषकले लगाएको गहुँ खेती असिनाले सखाप ।
शनिबार नै जिल्ला प्रशासन कार्यालय दैलेखको नेतृत्वमा अनुगमन गरेको छ । ‘यसैगरी घर, पशु चौपाय, यातायातका साधन तथा अन्य भौतिक संरचनामा पनि असिना पानीले क्षति गरेको नागरिकहरुको भनाई छ । राहतका लागि नागरिकहरुले तीन तहका सरकारलाई आग्रह समेत गरेको छन ।’
असिना पानिले गर्दा नगरपालिकालाई—१५ करोड भन्दा बढीको क्षति भएको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले जनायो ।
कार्यपालिकाको आपतकालिन बैठक बसी यर्थात विवरण ल्याउन नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधि र कर्मचारी बस्तीमा खटाईएको नगरप्रमुख सुर्यबहादुर शाहीले जानकारि दिए ।‘ आईतबार यर्थात रिर्पोट ल्याउन फर्मेट सहित जनप्रतिनिधि र कर्मचारीलाई टोल,वस्तीमा खटाईएको उनको भनाई छ ।’ यर्थात विवरण आएपछि नगरपालिका कृषिकहरुलाई राहत वितरण गर्ने उनले बताए ।
पश्चिम दैलेखका दुबै स्थानीयतहले कृषकलाई राहत सहयोगका लागि संघिय सरकार र प्रदेश सरकारसंग अनुरोध गर्ने ,र सरोकारवाला सरकारी, गैर सरकारी तथा नीजि क्षेत्र सवैमा सहयोगका लागि अनुरोध समेत गरेका छन् । यसै साता प्रदेश नं २ को बारा र पर्सा जिल्लामा भएको हुरि बतासका कारण ठुलो क्षति भएको थियो ।
क्याप्सन ः चामुण्डाबिन्द्रासैनी नगरपालिका—६मा कृषकले लगाएको गहुँ खेती असिनाले सखाप ।
ठाटीकाँध —२ टम्टालामा लगाएको तरकारि र गहुँ नष्ट ।
तस्वीर ःपंखबहादुर शाही ।