चैत २४,सुर्खेत । ‘कर्णाली प्रदेश सरकारका उप—सभामुख पुष्पा घर्तिले ‘कर्णाली प्रदेश सरकारले पशु विकास क्षेत्रमा मतलव नराखेको बताउनु भएको छ ।
नेपाल पराभेटेरीनरि एण्ड लाईभस्टक एशोसियन केन्द्रिय कार्यालय काठमाडौँको आयोजना र पराभेटेरीनरि प्रदेश कार्य समिति कर्णाली प्रदेश ,सुर्खेत जिल्ला कार्य समितिको समन्वयमा ‘‘दिगो विकास एवम समृद्ध नेपाल निर्माणमा पशु विकासको आवस्यकता, प्रविधि र प्राविधिक जनशक्तिको सक्रियता आजको आवश्यक्रा भन्ने मुल नारा’’ सहित समृद्धीको आधार प्रभावकारी पशु विकासको लागि कार्यक्रम र बजेट सम्बन्धी ‘भुमि व्यवस्था ,कृषि तथा सहकारि मन्त्रालयमा सनिबार गरिएको अन्तरक्रिया गोष्ठि कार्यक्रममा उहाँले यस्तो बताउँनुभएको हो ।
घर्तिले,सबै कुरा नयाँ र संघले पुरा अधिकार नदिदा हरेक काम गर्न असहज भएको र यहाँ हरेक काम गर्दा ,पाईला पाईलामा दलालीकरण हुने बताउँनुभयो । उहाँले पशु विकास र कृषिको क्षेत्रमा अघि बढ्न सके समृद्ध नेपालको नारा साकार हुनसक्ने बताउँनुभयो । उहाँले ,अव प्रदेश सरकारको कान खोलिएको बताउँदै ,‘कर्णाली प्रदेश सरकारले पशू विकासको क्षेत्रमा बजेट लभित गर्न तयार हुने बताउँनुभयो’ ।
नेपाल पराभेटेरीनरि एण्ड लाईभस्टक एशोसियनका अध्यक्ष रामप्रसाद मेहताले ,०४७ असारमा स्थापना भएको सँस्थाले हालसम्म ३० हजार भन्दा बढी सदस्यलाई पेशामा संलग्न गरिसकेको दावी गर्नुभयो । छोटो समयको बिचमा आफुहरुले देशका विभिन्न ठाउँगाउँमा चेतनामुलक , शिर्जनात्मक,कार्यक्रम गरेको बताउँदै, अव देशका वडा वडामा एक—एक प्राविधिक खटाई पशुको बिमा कार्यक्रम गर्ने बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश भुमि व्यवस्था ,कृषि तथा सहकारि मन्त्रालयका वरिष्ट अर्थ विज्ञ हरि प्रसाद पण्डितले ‘कर्णाली प्रदेशलाई अर्गानीक प्रदेश बनाउँनको लागि पशु क्षेत्रलाई निकै प्राथमिक्ताको साथमा लिनुपर्ने बताउँनुभयो । कार्यक्रममा सहभागी गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज वलीले‘ अहिलेका स्थानीय सरकारले डोजर आतङ्कलाई प्राथमिक्ता दिएको तर ,पशु विकास र कृषि क्षेत्रमा ध्यान नदिएको बताउँनुभयो । उहाँले,आफ्नो गाउँपालिकाले हाल सम्म सबैभन्दा बढी बजेट पशु विकास र कृषि क्षेत्रलाई विनियोजन गरेको बताउनुभयो । ‘उहाँँले ,सुखी नेपाल, समृद्ध नेपालको नारा साकार बनाउन तिनै तहका सरकारले सो क्षेत्रमा पाईला चाल्न आग्रह समेत गर्नुभयो ।