फागुन २३, भोजपुर । भोजपुरका तत्कालीन जिल्ला प्राविधिक कार्यालय, (पूर्वाधार विकास कार्यालय) भोजपुरका तत्कालीन सि.डि.ई. (उपसचिव) लालु गिरीले भोजपुर-टक्सार-कोट-गोगने-लेखर्क सडक स्तरोन्नतिको नाममा अनियमितता गरेका छन ।
उनले सडक स्तरोन्नतिको लागि पेश्की तथा रनिङ्ग विल भुक्तानीको लागि पटक पटक रकम माग गरी रकम खातामा जम्मा गर्न तथा नगर्दै लिएको समेत गरी रू१८ लाख पचास हजार घुस खाएको खुल्न आएको छ ।
निज सि.डि.ई. लालु गिरीले तत्कालीन जिल्ला प्रविधिक कार्यालय, (पूर्वाधार विकास कार्यालय) भोजपुरमा प्रमुख जिल्ला ईन्जिनियर पदमा कार्यरत रँहदा भोजपुर-टक्सार-कोट-गोगने-लेखर्क सडक स्तरोन्नतिको लागि पेश्की तथा रनिङ्ग विल भुक्तानीबापत एम.के./वाई.पी.जे.भी.का प्रतिनिधीसँग पटक पटक रकम माग गरी बैङ्क खाता मार्फत तथा नगदै समेत गरी जम्मा रू।१८,५०,०००।–९ अठार लाख पचास हजार० घुस रकम लिएको पुष्टि हुन हुन आएको हो ।