• २०८० असोज ५ गते शुक्रवार

अज्ञात समुहले गरे डोजरमा आगजनी

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३,रोल्पा – रोल्पाको त्रिबेणी गाउँपालिका वडा न. २ नुवागाउँ ह्याङमा राखिएको डोजरमा अज्ञात समुहले बुधबार राति आगजनी गरेको छ। उक्त डोजरमा अज्ञात समूहले आगो लगाइएको गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले बताए।

फाईल तस्बिर

रोल्पा प्रहरीका अनुसार राति अज्ञात समूहले डोजरमा आगो लगाउदा सामान्य क्षति पुगेको छ। रोल्पा प्रहरी प्रमुख दिपक खड्काका अनुसार ‘बाया पट्टीको टायरमा क्षति पुगेको छ भने ट्याङकीमा पनि सामान्य क्षति पुगेको छ।’ सडक निर्माणमा सहज हुने भन्दै गत साल गाउँपालिकाले आफ्नै लगानीमा रा१त ७१२ नम्बरको उक्त डोजर किनेको थियो।

प्रतिक्रिया दिनुहोस