फागुन २३, दैलेख । पश्चिम दैलेखको विकट गाउँपालिका ठाटीकाँध —६स्थित अँगलडाँडामा गाउँपालिकाको रु १४ लाख रकमले बर्थिङ् सेन्टर स्थापना गरीएको छ ।

गाउँपालिकाको १४ लाख रकममा स्थापना भएको बर्थिङ् सेन्टर ।
अहिलेलाई स्वास्थ्यका सवैभन्दा सानो ईकाइ स्थापना गरीयो’, ,छिट्टै सामाुदायिक स्वास्थ्य ईकाइ बनाउने लक्ष्य रहेको वडा अध्यक्ष मनबहादुर सिजापतीले बताए । गर्भवती आमाहरुले छिटो छरितो स्वास्थ्य संस्थामा पुग्न सक्दैनन् ,’वडावडामा हुँदा उनीले छिटे सेवा पाउँछन् र , विभिन्न खोपहरु पनि त्यहाँबाट नै सञ्चालन गर्न सकिने प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रकी अनमी भुमीसरी शाहीले बताईन ।
छ वडा भएको उक्त गाउँपालिकाका केही वडामा गत बर्ष नै बर्थिङ सेन्टर स्थापना भैसकेको छ भने केहि बाँकी छन ।
उक्त बर्थिङ् सेन्टर स्थापना भएपछि स्थानीय महिला निकै खुसी भएका छन् ।