- सागर थापा /शरद रिजाल
फाल्गुन २३, दाङ । आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै नेत्र बिक्रम चन्द नेतृत्वको साविकको राप्ति बन्दले राप्ति क्षेत्रका जनताहरुको जनजीवनमा प्रत्यक्ष प्रभाव परेको छ ।
नेकपाले आफ्ना तीनजना कार्यकर्ताहरु प्रदिप वली, ईश्वरी पाण्डे, रुद्र वलिलाई प्रहरीले तुलसीपुर कार्यक्रम स्थलबाटै पक्राउ गरेको बिरोधमा राप्ति का पाँच जिल्लाहरु दाङ सहित रुकुम, रोल्पा, सल्यान प्युठान बन्द गरेको अखिल क्रान्तिकरीका दाङ जिल्ला उपाध्यक्ष अनिल के.सी.ले जानकारी दिनुभयो ।
नेकपा राप्ति ब्युरो प्रमुख सुबास द्धारा हस्ताक्षरीत बिज्ञप्तिमा प्रहरी प्रशासन ले आफ्ना कार्यकर्ताहरुमाथि गैह्रकानुनी रुपमा धरपकड तथा गिरफ्तार गरेको बिरोधमा आज फागुन २३ गते राप्ति बन्दको आह्वान गरीएको उल्लेख छ ।
प्रहरीले फागुन २० गते टिकाराम परियार, लाल बहादुर बिक, नितेन्द्र सेन वलि र फागुन २१ गते शहित तथा बेपत्ता योद्धा परीवारलाई अभिनन्दन गर्नै कार्यक्रमबाट कार्यक्रम स्थलबाटै प्रदिप वली, ईश्वरी पाण्डे, रुद्र वलिलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
अहिले सम्म ५ वटै जिल्लहरुमा बन्द आह्वान शन्तिपुर्ण देखिएको छ । कुनै पनि अप्रिय घटनाका लागि प्रहरीहाई अलर्टमा रहेको जिल्ला प्रहरी प्रमुख एसपि बेल बहादुर पाण्डेले बताउनुभयो । उता नेकपाका नेताहरुले े भने प्रहरी आक्रामक रहेको जनाएका छन् ।
बन्दको प्रभाव र उपस्थिती जनाउनका लागि नेकपाका कार्यकर्ताहरुले घोराही उपमहानगरपालिका वडा नं १६ को वडा कार्यालयमा तालाबन्दि गरेका छन् । ताला बन्दि गरेको केही समयमा प्रहरी ले ताला फोडेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
बन्दमा लामो तथा छोटोदुरीका यात्रुवाहक साधनहरु चलेका छैनन् । तर, अटो रिक्सा, मोटरसाईकल, विवाहको जन्ति बोकेका गाडिहरु, प्रेस का सवारी साधनहरु, कुटनैतिक नियोगका सवारी साधनहरुभने निर्वाध संचालनमा रहेका छन् ।