- सागर थापा
फागुन २३ , दाङ । दाङको देउखुरीमा एक महिलाले आँपको रुखमा झुण्डिएर आत्माहत्या गरेकी छिन् ।
राप्ती गाउँपालिका २ बराखुटी निवासी धनीराम चौधरीका ४० वर्षिय श्रीमति बासमती चौधरीले घर नजिकको आँपको रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन् । मंगलवार राती आत्माहत्या गरेको भएपनि श्रीमानले विहान ६ बजे मात्र रुखमा झुन्डिएको अवस्थामा फेला पारेको बताएका छन् ।
“आत्माहत्या गर्नुको कारण भने खुल्न नसकेको छैन” जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी राम प्रसाद घर्तीले बताए ।