उनलाई छाडि बिदाईका, हात हल्लिदै गरेपछि ।
यदि पिडा भयो मलाई सायद हुन्न मरेपछि ।।
उनलाई हेर्दै आँखा सामु, साथै बस्न रहर थियो ।
हिड्नै पर्यो बाध्य भई बाटो अलग परेपछि ।।
उनलाई छाडि बिदाईका, हात हल्लिदै गरेपछि ।
यदि पिडा भयो मलाई सायद हुन्न मरेपछि ।।
नजर सामु घुम्छिन उनी, जव रात पर्दै जान्छ ।
तकियामै भुल्छु उनलाई आँखाबाट झरेपछि ।।
उनलाई छाडि बिदाईका, हात हल्लिदै गरेपछि ।
यदि पिडा भयो मलाई सायद हुन्न मरेपछि ।।
चारै कुना मुटु भरि, कता कता पिरो भयो ।
मेरो आँसु नदि बन्यो, उनले आखिर तरेपछि ।।
उनलाई छाडि बिदाईका, हात हल्लिदै गरेपछि ।
यदि पिडा भयो मलाई सायद हुन्न मरेपछि ।।
भर्खर जस्तो लाग्छ मलाई टाढै बस्नुस हजुर भन्थिन ।
आगो जस्तै शरिर हुन्थ्यो उनी नजिक सरेपछि ।।
उनलाई छाडि बिदाईका, हात हल्लिदै गरेपछि ।
यदि पिडा भयो मलाई सायद हुन्न मरेपछि ।।
साथ समुन्द्र पारि जस्तै, लाग्यो उनलाई छाडि जाँदा ।
नहोस पिडा कतै तिमीलाई सिन्दुर पोते छरेपछि ।।
उनलाई छाडि बिदाईका, हात हल्लिदै गरेपछि ।
यदि पिडा भयो मलाई सायद हुन्न मरेपछि ।।
भोला घिमीरे, तारकेश्वर नगरपालिका-३, काठमाडौ