तुलसीपुर,२४-माघ/ प्रदेश नं. ५ का प्रदेससभा सदस्य उत्तरकुमार वली चढेको गाडि र यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, वलीसहित १६ जना घाईते भएका छन् ।
दुर्घटना हुँदा बसमा सवार रुकुम मुसिकोट २ की रमिता शर्मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
बुटवलबाट गृह जिल्ला आउँदै गरेका दाङ क्षेत्र नं. ३ को प्रदेससभा २ बाट निर्वाचित सांसद वली सवार गाडि र घोराहीबाट लमही जाँदै गरेको गाडि एकआपसमा ठोक्किदा प्रदेशसभा सदस्य वली गम्भीर घाईते भएका छन् ।
घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बस र वली सवार बा १८ च ६८३६ नम्बरको कार एकआपसमा ठोकिदा वलीको टाउको र खुट्टामा गम्भीर चोट लागेको दाङ प्रहरीले जनाएको छ ।

गम्भीर घाईते वलीलाई फ्लोरेन्स अस्पताल लमहीमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ । सांसद वलीको गाडिमा सवार अर्का एक जनापनि घाईते भएका छन्, भने बसमा सवार १५ जनामध्ये एक जनाको मृत्यु भएको र अन्य १४ जना घाईते भएका छन् । उनीहरुको अबस्था सामान्य रहेको छ । tulsipur onlline बाट साभार