पैसाले अचेल मानिसलाइ बैमान बनाउछ
कसैको महल त कसैको चिहान बनाउछ ।
यहाँ मान्छेमा धनको अहम् चढेर आउँदा
गरिबिको खिल्ली उडाउने दुकान बनाउछ ।
एउटा प्रश्न सोध्छु सब थोक पैसा भन्नेहरु
के कहिले बुदोलाई पैसाले जवान बनाउछ ।
जिन्दगी हार र जितको एउता खेल न पर्यो
त्यसैले खेल्नलाइ संघर्षको मैदान बनाउछ ।
अनौठो छ यो हाम्रो समाज बुझ्न नसकिने
जलि खरानी हुने मान्छेलाई मसान बनाउछ ।
- उपेन्द्र पुन मगर (एक पागल मान्छे) माडीगाउँपालिका कोर्चाबाङ रोल्पा