मेरो मनले सधै नेपाल भनिरहन्छ
आफ्नै भाषा अनि सुरताल भनिरहन्छ ।
हरियो बन नेपालको धन अरे वाह
डाँफे ,काेईलि अझ मुनाल भनिरहन्छ ।
पहाड ठुल-ठुला हिमशृङखला उस्तै
त्यसैले त सगरमाथा विशाल भनिरहन्छ।
मुस्कुराइरहन्छ अटल र अमर रहि
त्यो माछापुच्छ्रे कन्चन हिमाल भनिरहन्छ ।
हिमाल छ अनि बनजङल हरियाली
नेपाल यसै पनि उत्कृष्ट भुगोल भनिरहन्छ।
- विपना मगर काफिया , सुन्छहरी गाउपलिका ७ रोल्पा