• २०८० असोज ११ गते बिहिवार

शिशिर भण्डारी हाम्रो माया जिन्दावादको रेकर्ड सम्पन्न : म्युजिक भिडियोमा प्रिज्मा र प्रिन्सीको अभिनय रहने

पढ्न लाग्ने समय : २ मिनेट

काठमाडौं- पछिल्लो समय सामाजिक काममा निरन्तर लागिरहेका कलाकार तथा भिजे शिशिर भण्डारीले आफ्नो नयाँ गीतको म्युजिक भिडियो चाँडै नै लिएर आउने भएका छन् ।

व्यस्तताको समयमा पनि दर्शकहरुका लागि शिशिर भण्डारीले भर्खरै नयाँ गीत “हाम्रो माया जिन्दावाद” रेकर्ड सम्पन्न गरेका छन् । गीतमा शिशिरसँगै पहिलो नम्बरमा, पर्ख पर्ख मायालु लगायतका गीतमा आवाज दिएकी गायिका बिन्दु परियारको आवाज रहेको छ ।

दुखमा परेको नेपालीहरुलाई आफु रात दिन खटेर भएनी दुखिहरुलाइ सहयोग गर्ने गरेको पाइन्छ । जुन पछिल्नो चरण उनले धेरै उदारणीय काम गरिसकेका छन्।

कृष्ण वलि सहयोग अभियान चलाएर २ करोड भन्दा माथि रकम सँकलन गर्दै उपचारका लागि उनलाई सो रकम बुझाईसकेका छन् । हरिकाजी ढुँगाना , मेघा घिमिरेलाई समेत सहयोग गरिरहेका छन् । हरेक पटक दुखी र पिडितको समस्या देख्दा उनी रोएका छन् ।

उसो त उनि नयाँ अनि अरु भन्दा फरक प्रकारको सामाजिक काम अग्रसर भएको देख्न सक्छौ । पछिल्लो समय समाजिक सन्जालहरुमा शिशिरलाइ धेरैले दुखिहरुको हिरो शिशिर भण्डारी भनेर शिशिरलाइ सम्मान स्वोरुप पदापी दिने गरेको पाइन्छ ।

उनको नयाँ गीतको शव्दमा माया र राजनीतिलाई मज्जाले मिलाएर गाँसिएको छ । गीतको शव्द शिशिर भण्डारीले नै लेखेका हुन् भने सँगीत दिपक सिलवालको रहेको छ । चर्चित एरेन्जर साहस शाक्यले एरेन्ज गरेको गीतमा यतिबेलाका भाईरल जुम्ल्याहा दिदी बहनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडासँगै शिशिरकै अभिनय रहने छ।

गीतको म्युजिक भिडियो चाँडै नै शिशिरकै युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट बाहिरि आउँदैछ । महँगो खर्चमा बन्ने गीतलाई दर्शकले मन पराउनेमा शिशिर आशावादी छन् । प्रज्ञा डिजिटलमा गीत रेकर्ड गराउँदा बिन्दुसँगै शिशिर यसरी नाचे । भिडियो हेर्नुस

https://www.youtube.com/watch?time_continue=375&v=fTwl7P5RUjI

 

प्रतिक्रिया दिनुहोस