घुस रकम सहित इन्जिनियर र सव-इन्जिनियर पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ३,भोजपुर  । हतुवागढी गाउँपालिका भोजपुरमा कार्यरत इन्जिनियर मिसुहाङ्ग किराँत र सव-इन्जिनियर नइन्द्र पारोहाङ्ग राई घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।

बाटो मर्मतको बिल भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको उनिहरुलाई पक्राउ गरेको हो । टोलीले इन्जिनियर मिसुहाङ्ग किराँतलाई घुस बापतको रकम रू.५०,००० र सव-इन्जिनियर नइन्द्र पारोहाङ्ग राईलाई घुस बापतको रकम रू।२०,००० लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनिहरुलाई हतुवागढी गाउँपालिका कार्यालय परिसरबाट उक्त रकम सहित रङ्गेहात पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस