धापासीको स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं २, जेठ । टोखा नगरपालिकाको नेचर क्लबमा रहेको ‘स्वीमिङ पुलमा मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छैन ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार धापासीमा रहेको नेचर क्लबमा’मा डुबेर आइतबार अपरान्ह ४ बजे उनी गम्भीर घाइते भएका थिए ।

‘त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । मृतकको सनाखत भएपछि मात्रै पोष्टमार्टम सुरु हुनेछ । त्यसपछि मृत्युको कारणबारे खुल्ने प्रहरीले जनाएको छ ।

घटनाको विभिन्न पाटोबाट विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस