• २०८० चैत्र १६ गते शुक्रवार

बालिका बलात्कार गर्ने एक पुरुष पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २० गुल्मी । गुल्मीमा १० वर्षीया एक बालिकालाई बलात्कार गर्ने ४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राऊ गरेको छ ।

बिहिवार रुरु क्षेत्र गाउँपालिका वडा नम्वर ३ लोलाङ्दीका ४१ वर्षीय भोजबहादुर सार्कीले विद्यालय जान हिँडेकी बालिकालाई निजले चलाउँदै आएको एक फर्निचरको गाडीमा राखेर स्कुल पुर्याइदिन्छु भन्दै केही बालबालिकालाई गाडीमा चढाएको प्रहरीले जनाएको छ ।

उनले अन्य बालबालिकालाई ओरालेको  र ती बालिकालाई अन्यत्रै पुर्याएर बलात्कार गरि फकाउनका लागि ३० रुपैयाँ दिएका थिए । निजलाई पक्राउ गरि अदालतमा हाजिर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस