जेठ २७,भैरहवा। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले दश हजार रुपैयाँ घुस सहित रुपन्देही जिल्ला अदालतको एक कर्मचारीलाई रङगे हात पक्राउ गरेको छ ।
नावालकको सवारी ज्यान सम्बन्धी मुद्धा मिलाईदिन्छु भन्दै घुस माग्ने रुपन्देही जिल्ला अदालतका बाल मनोबिज्ञ शान्तीदेवि अधिकारी रगेंहात पक्राउ परेकी हुन । अधिकारीलाई भैरहवाको अञ्चलपुर स्थित नेपाल बिद्युत प्राधिकरण भैरहवा बितरण केन्द्रको परिषर भित्र बाट पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रबक्ता सुरेष भुसालले जानकारी दिए । उनलाई मध्यान्न ११ः३० बजेतीर पक्राउ गरिएको हो ।
उनको थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ । अधिकारी यस अघि प्राध्यापन पेशामा आबद्ध थिईन ।
प्रतिक्रिया दिनुहोस