• २०८१ जेष्ठ ११ गते शुक्रवार

हिम श्रेष्ठको गजल ”पोहोरको भन्दा धेरै त यसपाली लाछु”

पढ्न लाग्ने समय : १ मिनेट

✍️हिम श्रेष्ठ

तालिम लिई बारिमा राम्रै बाली लाछु
पोहोरको भन्दा धेरै त यसपाली लाछु ।

भित्रे बारी र पात्ले बारी जतासुकै मैले
खनजोत गरिकन नराखी खाली लाछु।

छिर्केमिर्के तारे चम्रे , हल गोरु किनेर
नयाँ जुवा नयाँ हलो नयाँ फाली लाछु ।

लाउन मिल्ने ठाँउमा जति अन्न लाएर
छेउको पखेरामा , घाँसको डाली लाछु।

भर हुन्न मौसमको, बर्षे भेल आउँदा
बाढी पैरो लाग्ला भनी तार जाली लाछु।

तनहुँ हाल अफ्रिका

प्रतिक्रिया दिनुहोस