• २०८१ चैत्र ३ गते सोमवार

दोषी नउम्किउ निर्दोष नफसुन जिल्लाको शान्ती सुरक्षा मेरो पहिलो प्राथमिकता हो : एसपी भट्टराई

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

भदौ २०, दाङ । दाङमा भर्खरै सरुवा भएर आउनु भएका जिल्ला प्रहरी कार्यालय दाङका नयाँ प्रहरी प्रमुख एसपी जनक भट्राईले दोषी नउम्किउन निर्दोष नफसुन भन्ने मान्यताका साथ अगाडी बढ्नेद बताउदैं जिल्लाको शान्ति सुरक्षा नै मेरो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

शुक्रबार जिल्लाका पत्रकारहरुसँग भेटघाट गर्ने क्रममा संचारकर्मीहरुसँग जिल्लामा आएलगत्तै पहिलो पटक भेटघाटको कार्यक्रम आयोजना गरेका भट्राईले जिल्लाको शान्ती सुरक्षा कायम गर्नको लागि सही सुचना दिएर सहयोग गर्न आग्रह गरे । एसपी भट्टराईले जिल्लामा हुने सबै खाल घटनाहरुलाई निमिट्यान्न पार्न नसके पनि आफुहरुले सम्भावित घटना न्युनिकरणको लागि हरदम प्रयासरत रहने बताए ।

जिल्लामा हुन सक्ने गुण्डागर्दी, चोरी डकैती, हत्याहिंसाका घटनालाई न्युनिकरणको लागि सबैसँग समन्वयमा रहेर काम गर्ने बताए । ‘दोषि नउम्किउ, निर्दोश नफसुन’ भन्ने उक्तीलाई आत्मसाथ गरेर आफुले जिल्लाको सुरक्षाको जिम्मेवारी लिएर काम गर्ने दाङ एसपी भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस