• २०८२ बैशाख ९ गते मङ्गलवार

रेडक्रस दिवसमा बिबिध कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल इलाम समाचारदाता

 भदौ २०, इलाम । नेपाल रेडक्रस दिवसको अवसरमा इलामको शान्ति नेकेतन माध्यामिक बिद्यालय कोल्बुङ्गमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

मानबिय सेवामा क्रियाशिल नेपाल रेडक्रस सोसाइटी कन्याम उपशाखाको आयोजना र युवा रेडक्रस सोसाइटी शान्ति निकेतन मा. बि कोल्बुङ्गको समायोजनमा भएको कार्यक्रममा रेडक्रस परिचायत्मक कार्यक्रम र अन्तर बिद्यालय र अन्तर तहगत रुपमा निबन्ध लेखन प्रतियोगिता समेत गरिएको थियो ।

आधारभुत तह कक्षा ६ देखी ८ सम्मको लागि (रेडक्रस मेरो साथी) र कक्षा ९ देखी १२ सम्मको लागि ू मानबिय सेवामा रेडक्रसको भूमिका ू शिर्षकमा भएको निबन्ध लेखन प्रतियोगितामा आधारभुत तहमा जनम मा. बि श्री अन्तुका प्रनिस पोखरेल प्रथम ,सरस्वती निबास आ. बि तारगाउका कामना पौडेल दोश्रो र हान्ति निकेतन मा. बि का बिनिता खवास र कृष्णाश्रम मा. बि कन्यामका स्मिता श्रेष्ठ तेश्रो भएका थिए । यसैगरि कक्षा ९ देखी १२ सम्म समुहमा जनक मा बि अन्तुका कौषल न्यौपाने प्रथम ,कृष्णाश्रम मा. बि का पैतिमा सापकोटा दोश्रो र शान्ति निकेतन मा. बि का रोजीना कार्की तेश्रो भएका थिए । मा. बि कक्षा ९ र १० समुहमा शान्ति निकेतनका दिक्षा भूजेल प्रथम ,कृष्णाश्रम मा. बिका स्मिता थापा लोश्रो र जनक मा. बिका अनुजा ढकाल तेश्रो भएका थिए ।

जिल्लाका ६ वटा बिद्यालयका बालबालिकाहरु सहभागी भएका सोप्रतियोगितामा बिजयी प्रतियोगीहरुलाइ पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो ।नेपाल रेडक्रस सोसाइटी इलामका अध्यक्ष देखी प्रसाद गौतमको प्रमुख आतिथ्यता, रेडक्रस प्रदेश नं १ का उपाध्यक्ष हरीकला श्रेष्ठको बिहेष आतिथ्यता र कन्याम उपशाखाका अध्यक्ष बेद प्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा रोङ गाउपालिका शिक्षा हाखा प्रमुख र महिदा तथा वालकालिका शाखा प्रमुखको समेत उपस्थिति रहेको शिक्षक भूपाल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस