• २०८१ जेष्ठ ७ गते सोमवार

बिष्णु बस्याल (बिबश)को गजल “दिन होस या रात नसम्झेको कुनै पल हुँदैन”

पढ्न लाग्ने समय : १ मिनेट

बिष्णु बस्याल (बिबश)

किन साँच्चै मायाको, मिठास असल हुँदैन ?
दिन होस या रात नसम्झेको कुनै पल हुँदैन।

लेखिसकेकोछ भाबीले निधारमा अरुलाई
केहि गरि लेखिएको भाग्य फेरबदल हुँदैन।

सजाउन त सजाएको छु दिलमा मैले पनि
कसरी भनौं र तिमीलाई म बाट छल हुँदैन।

न तिमी अन्जान छौ न म अन्जान छु सानू
र दुबैलाई थाहा छ, हाम्रो प्रेम सफल हुँदैन।

माफ गर बर्सिनेछन् ती नयनबाट अश्रुधारा
आज भिजेर परेली आँखामा गाजल हुँदैन।

रामपुर-३, पाल्पा हाल मरुभूमि

प्रतिक्रिया दिनुहोस