भाद्र २०, रुपन्देही । दाङमा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।
शुक्रवार विहान ७ बजेको समयमा जिल्लाको दंगिशरण गाउँपालिका–६ मैरवका ४० वर्षीय कुलबहादुर खड्काको कुवामा डुबेर मृत्यु भएको हो ।
त्यस्तै सोही गाउँपालिका–४ बैबाङ्गमा बबईखोलाको पुल निर्माण गर्ने मजदुर बर्दियाको गुलरिया–१२ टरुवाका ४० वर्षीय पूर्णबहादुर सुनारको बबईखोला तर्ने क्रममा बगेर मृत्यु भएको हो ।
यता, घोराही उपमहानगरपालिका –११ नयाँवस्तीका ३९ वर्षीय रुद्रबहादुर गन्धर्वको पनि घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।