भाद २० काठमाडौ सिंगापुरमा उपचार गरेर प्रधानमन्त्री केपी शर्मा ओली आज थाई एअरवेजको जहाजबाट शुक्रबार दिउँसो १२ बजे ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आई पुगेका हुन्। विमानस्थलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले प्रधानमन्त्री ओलीको स्वागत गरेका थिए।
१४ दिनसम्म सिंगापुरमा उपचार गराएका प्रधानमन्त्री ओलीले विमानस्थलमा समसामयिक राजनीति र आफ्नो स्वास्थ्यबारे कुनै प्रतिक्रिया दिएनन्।नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयले प्रधानमन्त्री फर्कँदाको रिपोर्टिङ गर्न पत्रकारहरूलाई विमानस्थल बोलाएको थियो।प्रधानमन्त्रीले सिंगापुरबाट दुई पटक भिडिओ कन्फरेन्सबाट मन्त्रीहरूसँग कुरा गरेका थिए।प्रधानमन्त्री ओलीले स्वदेश फर्कँदा यी कुनै पनि विषयमा प्रतिक्रिया दिएनन्।उपचारका लागि उनी भदौ ५ गते दोस्रो पटक सिंगापुर गएका थिए।प्लाज्मा फेरिसस प्रक्रियाबाट गरिएको उपचारले काम गरेपछि प्रधानमन्त्री पूर्ण रूपमा निको भएर आज फर्किएको उनको स्वकीय सचिवालयले जनाएको छ।
ओलीसँगै उनलाई लिन सिंगापुर पुगेका नेकपा सचिवालय सदस्य वामदेव गौतम र विष्णु पौडेल पनि स्वेदश फर्किएका छन्।प्रधानमन्त्रीले बोलाएपछि पौडेले मंगलबार र गौतम बुधबार सिंगापुर गएका थिए।