• २०८१ जेष्ठ ९ गते बुधवार

त्रिपुरेश्वरमा नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २०, काठमाडौं । बिहीबार साँझ त्रिपुरेश्वर चोक नजिकै नेपाली सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

त्रिपुरेश्वरबाट सुन्धारातर्फ आउँदै गरेको बा १ ग २४५६ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको बा ८६ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक लेख बहादुर पुनको मृत्य भएको हो ।

अर्घाखाँची घर भएका अन्दाजी २६ वर्षीय पुनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । पुन सांगीतिक क्षेत्रमा आबद्व रहेको पाइएको छ ।

प्रहरीका अनुसार ट्रक चालक जीवन अधिकारी हुन् । ट्रक र चालक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस