भाद्र २०, झापा। झापा दमक ५ मा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान नाम, थर र वतन नखुलेका अन्दाजी २७ बर्षीय एक युवाको घरको छतबाट खसेर मृत्यु भएको हो ।
स्थानीय रोयल पार्टी प्यालेस नजिकै भएको उक्त घटनाको प्रकृति हेर्दा एउटा घरबाट अर्को घरमा जाने क्रममा लडेको जस्तो देखिएको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुव्बाले जानकारी दिए ।घटना घटेको समय, प्रकृति र शवको अवस्था हेर्दा चोरी गर्नेक्रममा उक्त घटना घटेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले मृत व्यक्तिको साथबाट केही सामानसमेत फेला पारेकाले चोरीको शंका गरिएको बताएको छ । उनको शवको पोष्टमार्टम लागि दमक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।