• २०८१ चैत्र ३ गते सोमवार

हत्या आरोपमा गोरखामा एक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २० गोर्खा ।बिहीबार गोर्खा चुमनुव्री गाउँपालिका-१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय दोर्जे लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिएका छन् ।पक्राउ परेका लामाले कुटपिट गरी तेन्जेङको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए ।

लामाले मृतकलाई गुम्बा निर्माणका लागि राखिएको बालुवा चोरीको आरोप लगाई निर्घात कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ प्रहरी उपरीक्षक अधिकारीले भने, “रिस थाम्न नसकी कुटपिट गर्दा लामाको मृत्यु भएको अनुसन्धानबाट पाइएको प्रहरी उपरीक्षक अधिकारीले भने, ।अदालतबाट म्याद थप गरी पक्राउ परेका लामाविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस