• २०८२ जेष्ठ २ गते बिहिवार

विप्लवलाई आग्रह बन्दुकले समाजवाद आउँदैन, मूलधारमा आउनुस् ‘जनार्दन शर्मा’

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, दाङ । प्रेस सङ्गठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । उनले बन्दुक पड्काएर समाजवाद नआउने भएकाले मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरे ।

नेता शर्माले आफ्ना पूर्वसहकर्मीलाई सुझाव दिँदै ‘बन्दुक पड्काएर समाजवादको यात्रामा पुगिँदैन’, ‘वार्तामार्फत तपाईं पनि मूलधारमा आउनूस् ।’ नेपाली जनताको लामो संघर्ष र बलिदानबाट ल्याइएको संविधानलाई कार्यान्वयनको दिशामा लैजानुपर्ने शमाृले बताए । त्यसका लागि नेकपा पूर्ण प्रतिवद्धताका साथ अगाडि बढिरहेको नेता शर्माको भनाइ छ ।

पार्टी एकता गर्ने सहमति मुख्य कुरा हो, अन्य सहमति तपशील हुन्, पार्टीले अहिलेको आवश्यकता अनुसार नयाँ ढङ्गबाट पनि निर्णय गर्न सक्छ’, ‘पार्टी एकताका सबै काम पूरा भएकाले अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रीत भएर अगाडि बढ्छ उनले भने।’ नेता शर्माले देशलाई ठूलो लगानी आवश्यक रहेको भन्दै मुलुकमा विदेशी लगानी भित्र्याउनेतर्फ सरकार गम्भीर भएर लागेको बताए ।

प्रतिक्रिया दिनुहोस