• २०८१ जेष्ठ ११ गते शुक्रवार

किशोरी माथी एसीड प्रहार गर्ने एक युवक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

सागर थापा/काठमाडौं

भाद्र २०, वीरगञ्ज । वीरगञ्जमा ९ कक्षामा अध्ययनरत एक किशोरी माथि एसीड प्रहार गरेको अभियोग लागेका युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

वीरगञ्ज महानगरपालिका स्थित त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा नौ कक्षामा अध्ययनरत १५ बर्षिया ति किशोरीलाई १६ बर्षीय सम्साद मिया र माजिद आलमले मुख, छाती र हातमा एसीड खन्याएको अनुसन्धानको क्रममा खुल्न आएको थियो। ‘अनुसन्धानको क्रममा एसीड खन्याउने मध्येका मुख्य अभियुक्त सम्साद मियाँलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ’, पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले भने,‘फरार माजिद आलमको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस