भाद्र २०, काठमाडौं । आज शुक्रबार दिउँसो देशभरी आंसिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ साथै पश्चिमि र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ। यस्तै राती देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ साथै पश्चिमि र मध्य भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ ।
मौसम विश्लेषण
मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित छ र अति नै सक्रिय छ साथै उत्तर ओडीशा र पश्चिम बंगाल आसपास न्युन चापिय प्रणाली बनेको छ ।
देशभर समग्र मौसमको अवस्था
देशभर आंसिक देखि सामान्य बदली भई मध्य र पश्चिम भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित वर्षाका साथै मध्य र पश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। महाशाखाले पहाडि भु-भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु हुन अनुरोध छ्र