भदौ २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरी आज सिंगापुरबाट शुक्रबार स्वदेश फर्किँदैछन् । प्रधानमन्त्रि आली सिंगापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए । २ साता लामो उपचार उनि आज नेपाल फर्कन लागेका हुन । नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसिस प्रक्रियामार्फत उनको उपचार गरिएको थियो । सातौं चरणको प्लाज्मा फेरिसिस गत बुधबार सकिएपछि प्रधानमन्त्री स्वेदश फर्किन लागेका हुन् ।
स्वास्थ्य स्थिति बुझ्न भन्दै सिंगापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडल पनि प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्कने छन् । प्रधानमन्त्रीको साथमा उनकी पत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन् ।