• २०८२ बैशाख ४ गते बिहिवार

धरानको एक बिधालयमा बम बिस्फोट , सामान्य क्षति

पढ्न लाग्ने समय : १ मिनेट
  • बिनोद दर्नाल,खबर24नेपाल समाचारदाता

भदौ २०, सुनसरी । सुनसरिको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को हाता भित्र रहेको भारत सरकारको स्वामित्व मा रहेको दिल्ली पब्लिक स्कुलको उत्तर पट्टिको गेट नजिकै गएराती विष्फोटक पदार्थ विष्फोट भएको छ ।

करिब राती १२:३० बजेको समयमा भएको विष्फोटबाट स्कुलको फलामको गेटमा सामान्य क्षति भएको छ भने पर्खाल समान्य चर्किएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताए अनुसार यो कुनै शक्तिशाली बम नभए पनि, ‘बिष्फोटक पदार्थ नै बिष्फोट गराइएको हो । न्यौपाने का अनुसार ‘विष्फोटबाट ठूलो क्षति भएको छैन, तर अनुसन्धान भै रहेको बताए ।

देशका विभिन्न स्थानमा स्थानीय तहका कार्यालयमा लक्षित गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिस्फोट गराइरहेकाले यो बिस्फोटमा पनि उसकै संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । बम बिस्फोट कसले गराएको भन्ने यकिन नभए पनि अनुसन्धान तिब्र बनाउने न्यौपाने ले बताएका छन ।

प्रतिक्रिया दिनुहोस