• २०८१ फाल्गुन ७ गते बुधवार

भद्रगोल फेरि प्रसारण हुने ! दर्शकहरु के भन्नुहुन्छ त ?

पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको हास्यव्यङ्ग्य टेली श्रृंखला भद्रगोल पुनः प्रशारण हुने भएको छ। कही साता यता प्रशारण रोकिएको भद्रगोल अबको केही हप्तामा प्रशारण हुने छ।

भद्रगोल’का निर्देशक तथा लेखक अर्जुन घिमिरेका अनुसार प्राविधिक कारणले केही साता प्रशारण नभएको मात्रै हो । केही दिनमै हामी भद्रगोलकै नयाँ श्रृंखला आउनेछ। उनले भने दर्शकको यति धेरै माया र माग हुँदाहुँदै बन्द गर्दैनौँ । नेपाल टेलिभिजनसँगको सम्झौता सकिएकाले नयाँ प्रक्रियामा जाँदा केही दिन टेली श्रृंखला रोक्नु परेको उनको भनाइ छ ।

टेन्डर प्रक्रिया मिलिसक्यो । मिडिया हबसँगको आर्थिक पाटो पनि मिलिसक्यो । अब नयाँ सम्झौता गरेर अर्को हप्ताबाट भद्रगोल लिएर आउने छौँ ।

प्रतिक्रिया दिनुहोस