• २०८१ मङ्सिर २२ गते शनिवार

प्रकाश घायलका चार मुक्तक

पढ्न लाग्ने समय : १ मिनेट

.प्रकाश घायल

(१)
निर्दयी फूलहरुले फूलकै गला घोटेको पनि देखियो।
परेवाले बाज लाइ बजारमा लखटेको पनि देखियो।
सतिले सरापेको देश राम्रो गर्नेको भलो हुदैन भन्थे,
आफ्नै भन्नेबाट दिलमा बसेर मुटु रेटेको पनि देखियो१
(२)
जिन्दगीमा हुरीबतास त कहिले छालले सताउछ।
सामाजिक बिकृतीको गन्हाउने नालले सताउछ।
बेचैनीमा बेहिसाब बाचेकै छ जिन्दगी त्यो भन्दा ठुलो,
देश भर फैलिएको भ्रष्टाचारको जालले सताउछ१
(३)
चन्द्र जस्तो मुहारमा ब्यर्थ बादल छाउनु हुन्छ।
माया के हो जिन्दगीमा कहिले थाहा पाउनु हुन्छ।
चरीले ज्यान दिन्छ लस्कर अघाउन कहाँ सक्छ,
आपजस को भारी बोकाइ दोष मात्र लाउनु हुन्छ१
(४)
हसिलो त्यो अनुहार लाई बादलले ढाक्नु हुन्न।
आकांक्षामा राँको लगाइ भित्र भित्रै पाक्नु हुन्न।
सफलताको शिखर चुम्नु पाइला कतै नरोकियोस,
शरीर जति थाकोस बरु इच्छा शक्ति थाक्नु हुन्न !

फुटुङ्ग,काठमाडौ ।

प्रतिक्रिया दिनुहोस