- सागर थापा
असार २१, दाङ । दाङमा शुक्रबार साँझ ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं १३ तुईखोलाबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । तर पक्राउ परेका सात जनाको नाम प्रहरीले शनिवार दिउसो मात्रै सञ्चार माध्याम मार्फत सार्बनिक गरेको हो ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ वस्ने ४८ बर्षीय जनक बाँठा, सोही ठाउँको वेलटाकुरा वस्ने २९ बर्षीय सुरेश चन्द, तुलसीपुर ६ रजौरा बस्ने ५६ बर्षीय तिलकबहादुर बस्नेत, सोही ठाउँका ४३ बर्षीय हेमन्त वली, तुलसीपुर १२ जसपुरका ४४ बर्षीय धनबहादुर केसी, तुलसीपुर १३ ढकना बस्ने ६५ बर्षीय मोतिराम बस्नेत, दंगीशरण गाऊँपालिका ४ वैबाङ्ग बस्ने ३९ बर्षीय सन्तोष शर्मा रहेका छन् । अबैद्य रुपमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बेल बहादुर पान्डेले बताए । तुलसीपुर १३ तुईखोला स्थित प्रकाश कार्कीको एक तले पक्की घरको पश्चिम तर्फको कोठामा कौडा खेलिरहेको अवस्थामा एकलाख ६२ हजार नगतसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट १६ थान कौडा, निलो रङको तास नखोलेको २ थान, खोलेको तास ३ थान, बिभिन्न कम्पनिका मोबाईल ९ थान, कौडा खेल्न प्रयोग हुने च्यादर एकथान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को सार्वजनिक नैतिकता विरुद्दको दफा १२५ वमोजिमको कसुरमा आवश्यक अनुसन्धान अगाडी वढाईएको प्रहरी प्रमुख पान्डेले बताए ।