• २०८० असोज ११ गते बिहिवार

रातमा भेटियो र्दुलभ जनावर सालक

पढ्न लाग्ने समय : १ मिनेट
  • गोबिन्द पौडेल

जेठ २३, इलाम । रोङ ६ को रम्भ्याङ्गमा गए राती दुर्लभ जनावर सालक भेटिएको छ । प्राय गरेर रातमा मात्र चर्न निस्कने दिनमा भने लुकेर बस्ने गरेको सो लोपोम्मुख जनाबरले आफैले सजिलै सग दुलो बनाएर बस्ने गरेको छ । प्रकृतिले नै बलियो खपटा बनाइ दिएको सो जनावरले आफु असुरक्षित महसुस गरेका खुट्टा र थुतुनो पुच्छरले बेरेर डल्लो पर्ने गरेको छ ।

सो जनाबर हिजो राती करिव १० बजेतिर बरडाडा बरबोटे सडकको बगाले गाउनजिकै मुल सडकमानै प्वाल बनाइरहेको अवस्थामा भेटिएको थियो । स्थानिय बासीहरुले सो जनावर भेटेपछि केहिछिन रमिता नै भएको थियो । पछि उनिहरुले यो दुर्लभ जनावरलाइ सोहि स्थानको जंगलतिर जान दिएका थिए । नेपालमा पाइने यस जनावरको अबैध तस्कर र मारेर खपटा बिक्रि गर्ने भएकोले यस्ता जनावरहरु दुर्लभ बन्दै गएका छन् ।

शरिरमा अति बलियो खपटाले ढाकेको हुदा सामान्यतय जंगलि जनाबरले यसको सिकार गर्न नसक्ने रहेको हुन्छ । अझ अनौठो बिशेषता त जब यो जनाबरले आफु असुरक्षित महसुस गर्छ बलियो खपडासहितको पुच्छरले बेरेर आफु भकुण्डो जस्तो बनेपछि भिरालो जमिनबाट गुड्दै गुड्दै जाने भएकोले भिरालो स्थानमा त भेट्न पनि सकिदैन ।

प्रतिक्रिया दिनुहोस