
गत चैत २२ गते शुक्रबार साँझ आएको असिना पानीले दैलेखका अधिकांश भु–भागमा गहुँ ,जौ,फलफुल, लगाएत तरकारीबाली आगनमा भित्र्याउने समयमा सखाप पारेको थियो । जेठ मसान्त लाग्दै गर्दा कृषकलाई कामको चटारो बढ्न थालेपनि राहत के लगाउने बिउबिजन समेत नपाएपछि कृषकहरु निराश बनेका छन । अहिले ठाटीकाँध गाउँपालिकाका कृषकले ठाटीकाँध बजारदेखि ३५सय मुल्य पर्ने एक कुण्डल गहुँको बोरा रु.४ हजार, १३सय पर्ने चामल रु.२हजार बराबरको मुल्यमा खरिद गर्दै छन् । आर्थिक अबस्था कमजोर भएकाहरु भने ‘हामीलाई खै राहत सरकारको भनेर प्रश्न गर्दछन् । ’राहतको बारे गुनासो गर्छिन ,ठाटीकाँध–६की ७० बर्षिय माग्लि थापा ।
असार लाग्दा खेतीपातीको काममा लाग्ने बर्खे खर्चको जोहो अनि खाने अन्नको कसरी व्यवस्थापन गर्ने कृषकहरु चिन्तामा छन् । आर्थिक अबस्था अलि कम भएकाहरु २,३ महिनाको लागि सुर्खेत देखिनै सस्तो मुल्यमा धेरै चामल खरिद गरिरहेका,‘स्थानीय शक्तिराम बुढाले भने । गरिब विपन्न भने राहतको पखाईमा बसेको स्थानीय खड्के वडले बताए । सरकारले वैशाख महिनामै राहत दिन्छु भनेको थियो, हाल सम्म आएको छैन,उनले भने । अव , बर्खा लाग्न लाग्यो ,कामको चटारोमा छौँ ,तर खानको लागि अन्न छैन । प्राकृतिक प्रकोपबाट गहुँबाली नष्ट भएपछि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, संघीय सरकारमा रहेका माननिय, प्रदेश सरकारले राहत दिने भनेपछि कृषकले जोहो गरेकै थिए । तर ,हालसम्म कुने तहबाट राहत त के,असिना पीडितका बारे कुरा उठ्न समेत छाड्यो चामुण्डाबिन्द्रासैनी नगरपालिका–२का स्थानीय कृषक धनिराम पौड्यालले बताए ।‘हाम्रो वडामा त, नगरले अनुगमन पनि गरेन ,उनले दुखेसो पोखे ।
जनप्रतिनिधिको एक महिने तलव गाउँसभामै सिमित
गएको चैत्र २९ गते ठाटीकाँध गाउँपालिकाका जनप्रतिनिधिले चौथो गाउँसभामा मार्फत एक महिनाको तलव, असिनापीडितलाई विभिन्न राहत प्रदान हुने कार्यक्रम गर्ने दिने घोषणा गरेका थिए । तर ,हालसम्म नत राहतबारे सुनाई भयो, नत कार्यक्रम नै छन हाम्रा लागि जनप्रतिनिधिनै बेखबर छन ,कृषक मनसरा बिष्टले गुनासो सुनाईन । ‘असिनापीडितको लागि राहतको कार्यक्रम ढिलो भएको नायीक समितिका सदस्य तथा वडा–२का अध्यक्ष रुपलाल वि.कले सुईकार गरे । यस्तै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उप–मेयर तारा शाही(खत्रि)ले नगरले एक करोड छुटयाएको तर, कार्यविधि नभएर रोकिएको बताईन् ।
मन्त्रिपरिषद्को निर्णय कागजमै सिमित
गत चैत्र २६ गते राती बसेको कर्णाली प्रदेश सरकारको ४० औँ मन्त्रिपरिषद्को वैठकले १५ दिन भित्रै कृषकलाई राहत पु¥याउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णय हालसम्म कागजकामा मात्र सिमित भएको छ । कर्णाली प्रदेशका मुगु ,सुर्खेत दैलेख लगाएतका जिल्लाका असिनापीडितका लागि २करोड बिनियोजन गरिएको थियो । निर्णय गरेको दुई महिना पुगिसक्दा पनि सरकारको निर्णय कार्यान्वयन भएको छैन ।आन्तरिक मामलिा तथा कानुन मन्त्रालयले वितरण गर्नुपर्ने उक्त रकम हालसम्म खर्च हुन सकेको छैन । पीडितहरुको तथ्याङ्क संकलनमा समेत चुकेर हचुवाको भरमा प्रदेश सरकारले निर्णय गरेको थियो । राहत वितरणका लागि आवश्यक कानुन निर्माण नभएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । ‘केहि समय तथ्याङ्क संकलनले लगायो’उनले भने बनेट निकासीसमेत नभएकोले राहत रोकिएको हो, उनले भने ।
प्रदेशको राहत भन्दा धेरै एकै स्थानीयतहमा क्षती
कर्णाली प्रदेश सरकारले बिनियोन गरको बजेट भन्दा पाँचौ गुणा धेरै दैलेखको एकै स्थानीय तहमा क्षेती भएको छ । ठाटीकाँध २१ करोड र चामुण्डामा २०करोड गरी दुई स्थानीय तहमा ४१ करोड भन्दा बढी क्षेती भएको स्थानीय तहहरुले विवरण संकलन गरेको तथ्याङकमा हेर्न सकिन्छ । ‘ठाटीकाँध गाउँपालिकाका सबै मोटा मोटी तथ्यांक अनुसार‘२७ सय घरधुरीको १९ सय ८ हेक्टरमा लगाएको बालीनाली माटोमा परिणत भएको थियो । स्थानीय तहले क्षेतीको विवरण संकलन गरि जिल्ला दैवी प्रकोप समितिलाई बुजाएका थिए । ंकर्णालीका १० जिल्ला मध्ये दैलेख मुगु ,र सुर्खेतकै केही स्थानीय तहमा बढी क्षेती भएको थियो ।
गृहमन्त्रालय पठाएको तथ्याङकको हालसम्म खबर छैन
स्थानीयतहहरुको विवरण संकलन पछि दैलेख बजारमा बसेको वैठक अनुसार गृहमन्त्रालयमा पठाएको तथ्याङककोबारे कुनै जवानकारी नआएको प्रमुख जिल्ला अधिकारी लक्षिप्रसाद बास्कोटाले जानकारी दिए । जिल्लाबाट निर्वाचित सांसद, स्थानीय सरकारका प्रमुख, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, जिल्लामा क्रियाशील पत्रकारलगायतको संयुक्त टोलीले गरेको स्थलगत अध्ययनको विवरणबारे सदरमुकाममा वैठक बसि एक साता भिधै गृहमन्त्रालय पठाउने निर्णय अनुसार तथ्याङक पठाईएको थियो ,उनले भने । ठाटीकाँध र चामुण्डा मात्रै नभई दुल्लु नगरपालिकाका २, ३ र ९ भैरबी गाउँपालिकाका केही वडा र गुराँस गाउँपालिकाका केही वडामा क्षेती भएको थियो । त्यतिबेला गाउँमै आई दैलेख निर्वाचन क्षेत्र नं–२ निर्वाचित साँसद राजबहादुर बुढाले स्थलगत भ्रमण गरी संसदम आवाज उठाउने समेत प्रतिबद्धता जाहेर गरेका थिए । तर,हालसम्म कुनै सुनाई छैन ।