जेष्ठ २३,काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन् ।
राधेलाई बुधबार सँझ धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले नागरिक खबरलाई जानकारी दिए ।
प्रहरीका अनुसार राधेसहित उनका केही सहयोगी समेत पक्राउ परेका छन् ।
प्रहरीलाई देखेपछि राधेको समूहले प्रहरीमाथि आक्रमणको प्रयास गरेको थियो । प्रहरीले उक्त समूहबाट विभिन्न हतियारसमेत बरामद गरेको छ ।