• २०८१ साउन ४ गते शुक्रवार

नेकपाले आज जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज टुंग्याउने

पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बिहीबार) जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल गर्दै आज निर्णय लिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय सदस्यको कार्यविभाजनबारे पार्टीमा छलफल भइरहेको र छलफल सकारात्मक दिशामा अघि बढेको श्रेष्ठले बताए । ‘बैठकमा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा राम्रो छलफल भयो’, उनले भने, ‘इञ्चार्ज र सहइञ्चार्ज बनाउने विषयको नीतिका बारेमा सबै पक्षबाट गम्भीरतापूर्वक छलफल भई सकारात्मक तरिकाले टुङ्ग्याउने दिशातिर अघि बढेको छ ।बिहीबार बिहान ९ बजे सचिवालयको बैठक बसेर जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयलाई टुङ्ग्याउने छौँ ।’

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बुधबार नै टुंग्याउने भनिएको जिल्ला इञ्चार्ज र सहइञ्चार्जको विषय आज टुंग्याउने श्रेष्ठले बताए ।

नेकपाको सचिवालय बैठक केन्द्रीय सदस्यको कार्य विभाजनसँगै जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि जारी छ । गत वर्ष जेठ ३ गते पार्टी एकता भएपनि नेकपाको सम्पूर्ण एकता प्रक्रियाका काम टुंग्याउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस